काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमवारसम्मका लागि स्थगित भएको छ ।
तुलसीलाल स्मृति भवन च्यासलमा भएको बैठक भोलि (सोमवार) दिउँसो ३ बजे बस्ने गरेर स्थगित भएको हो ।
आज बसेको बैठकले पार्टीलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ५ : ३६ बजे
प्रतिक्रिया