दलित गाउँका पहिलो शिक्षक

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्धारा प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापतिमा नियुक्त

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ देखि प्रभुराम शर्मा लाई कायम मुकायम प्रधान सेनापतिमा नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आइतबार जारी गरेको विज्ञप्तिमा बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निर्णय लिएको बताउनुभएको हो ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उनी साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले कायम मुकायम तोक्नुभएको हो । एक महिनापछि शर्मा नै प्रधान सेनापति बन्नुहुनेछ ।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई  कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । 

 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : ३३ बजे