दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

माधव समूह राजनीतिक र कानूनीरूपमा अप्ठेरो अवस्थामा छ सत्ता गठबन्धनले सघाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राजनीतिक र कानूनीरूपमा अप्ठेरो अवस्थामा रहेकोले सत्ता गठबन्धनले सघाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल अप्ठेरो अवस्थामा रहेकोले गठबन्धनले सहयोग गर्नुपर्ने बताएका हुन । बैठकअघि प्रचण्ड माधव नेपाललाई भेटेर गएका थिए ।

अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने प्रचण्डको भनाई थियो । नेता नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै प्रचण्डले बैठकमा भन्नुभयो, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’

माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उहाँले बताउनुभएको एक स्थायी कमिटी सदस्यले भने ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : ५४ बजे