फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेको शनिबार स्थगित भएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा आज दिउँसो ३:०० बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
शनिबार बोलाइएको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै स्थगित गरिएको थियो ।
आजको बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल हुने बताइएको छ
प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ९ : १८ बजे
प्रतिक्रिया