दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भक्तपुरका सयौं युवा एमालेमा प्रवेश

भक्तपुर – पछिल्लो समय देशभर सत्तारुढ गठबन्धनविरुद्ध युवाहरू आक्रामक रूपमा प्रस्तुत भएका छन् । देशका अधिकांश जिल्लाहरूमा पछिल्लो समय काँग्रेस तथा माओवादी परित्याग गर्नेको लर्को नै लागेको छ । काँग्रेस, माओवादीसहितको गठबन्धन मुलुक र जनताको पक्षमा नभई आफ्नो विगतका कालो कर्तुतहरूलाई लुकाउनको लागि सत्ताको खेलमा लागेको भन्दै काँग्रेस तथा माओवादी त्याग्नेको सङ्ख्या उल्लेख्य हुँदै गएको छ ।

यसै क्रममा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाका २ सय ७० जना युवाहरू काँग्रेस तथा माओवादी पार्टी परित्याग गरी आज एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय युवा सङ्घ मध्यपुर थिमी नगर कमिटीको आयोजनामा आज भएको वृहत् पार्टी प्रवेश कार्यक्रममा उक्त युवाहरू एमालेमा प्रवेश गरेका हुन् । एमालेका केन्द्रीय सदस्य, पूर्व मन्त्री, प्रतिनिधिसभाका सांसद तथा सङ्घका इन्चार्जसमेत रहनुभएका नेता महेश बस्नेतले युवाहरूलाई टिका तथा खादा लगाएर एमालेमा प्रवेश गराउनुभयो ।

नवप्रवेशीहरुले भक्तपुरमा आज एमालेमा प्रवेश गरेको काष्टिङमात्र भएको उल्लेख गर्दै आगामी दिनमा हजारौँ युवाहरू एमालेमा प्रवेश गराई भक्तपुर जिल्ला एमालेमय बनाउने बताए । भक्तपुरको विकास र समृद्धिको यात्रा नेकपा एमालेको विकल्प अरू नभएकाले एमालेमा नै प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् । पद र प्रतिष्ठाको लागि भन्दा पनि आफ्नो ठाउँको लामो समय देखी विकास र समृद्धिमा पछि परेको अवस्थामा एमालेका केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत निर्वाचित भएसँगै जिल्लाको विकासले ठुलो फड्को मारेको भन्दै एमाले नै रोजेको नवप्रवेशीहरुले बताए ।

​​​​​​​

​उक्त क्रममा नेता बस्नेतले नवप्रवेशीहरुले एमालेको घरभित्र प्रवेश गरेकाले आगामी दिनमा क्षमता अनुसारको जिम्मेवारी दिने बताउनुभयो । एमाले वा युवा सङ्घमा प्रवेश गरेसँगै जनताको बिचमा रहरलाग्दो, भरलाग्दो तथा बैरीको लागि डरलाग्दो भई पार्टीको निर्देशन अनुसार अगाडी बढ्न निर्देशन दिँदै नेता बस्नेतले जनताको पक्षमा काम गर्दा कुनै समस्या आएको खण्डमा आफ्नो कार्यकर्ताको रक्षाका लागि नेतृत्वले जस्तोसुकै कदम चाल्न समेत पछि नपर्ने प्रतिबद्धता जनाउनुभयो ।

उक्त कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्य विनायक नगरप्रमुख वासुदेव थापा, सङ्घका उपाध्यक्ष तथा युथफोर्सका केन्द्रीय संयोजक क्षितिज थेबे, उपाध्यक्ष तथा सहसंयोजक पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अशोक चौलागाई लगायतका सङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

​​​​​​

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : १६ बजे