दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ 

ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा ३ः०० बजे स्थायी कमिटी बैठक बस्न लागेको पार्टी केन्द्रीय सदस्य एवम् पार्टी कार्यालय सचिव सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरूको पूर्णता र पार्टी सदस्यता वितरण एवं नवीकरण लगायतका विषयहरूमा छलफल र निर्णय हुने केन्द्रीय कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।

यसअघि नै विधान महाधिवेशन गर्ने पार्टीले निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : १५ बजे