काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबारदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मंगलबार बसेको बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रसासन कार्यालय पर्साद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार ५ : ०२ बजे
प्रतिक्रिया