दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

फेरी गुम्यो  लुम्बिनीका ३ मन्त्रीको सांसद पद

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका तीनजनाको सांसद पद गुमेको छ। शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी पत्र पठाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उहाँहरू पदमुक्तको जानकारी गराएको हो ।

प्रदेशसभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जारी गरेको ह्वीप उल्लंघन गरेको आरोपमा जसपाले उहाँहरुलाई कारवाही गरेको थियो ।निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि बिहीबार लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभालाई कारवाहीको पत्र लेखेको थियो ।

यसअघि पनि जसपाले उहाँहरुलाई सांसद पदबाट निलम्बन गरेपनि सर्वोच्व अदालतले पुर्नवहाली गरेको थियो । 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : १७ बजे