दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यस्तो छ महन्थ ठाकुरले सर्वोच्चमा पेश गरेको रिटको पूर्णपाठ

काठमाडौं ।  जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार दर्ता भएको रिटमा उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको ११ साउनको निर्णय बदर गर्न माग गरेका छन् ।

आयोगले ११ साउनमा जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ ।

आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै ठाकुरले रिटमा १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् । रिटमा ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरिणीय क्षति भएको उल्लेख गरेका छन् ।

यस्तो छ पूर्णपाठ

​​​​​​​

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : ०३ बजे