‘एउटै नाउरको सिकार गर्न २३ लाख’

भारतबाट अवैध रूपमा मोटरसाइकल भित्रिदैं

पर्सा – भारत अवैध रुपमा भित्रिएका तथा कागजपत्र नभएका भारतीय नम्बर प्लेटका १० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भंसार बुझाएको छ ।

विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतबाट समेत खटिएको प्रहरीले टोलीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला पारी ती मोटरसाइकलहरु नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ४४ बजे