‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर – तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका-२ घर भएका साईला घिसिङ भन्ने २४ वर्षीय बिनायक तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बाघटारस्थित त्रिसुली अस्पताल परिसरमा निर्माणाधिन भवनमा काम गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ३३ बजे