दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चार पूर्वमाओवादी नेताको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गर्नुभएको मुद्दाको सुनुवाइ आजपनि स्थगित गरिएको छ ।

शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो । शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिनुभएको थियो ।  

उक्त रिट निवेदनको अर्को पेसी आइतबार तोकिनेछ ।यसअघि उक्त रिट निवेदन न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।

एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गर्नुभएको थियो ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर मुद्दामा  सांसद पदबाट मुक्त गराउने विपक्षीका निर्णय बदरको माग  गरिएको छ । 

माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएको थियो । पदमुक्त भएका सांसदहरुले आफुहरु एमाले र माओवादीको गठबन्धनबाट सांसद बनेको र आफुहरुको नाम अहिलेपनि निर्वाचन आयोगमा माओवादीकै केन्द्रीय सदस्यको नाउँमा रहेको भन्दै आफुमाथि भएको कार्वाही अवैधानिक भएको जिकिर गर्दै आइरहनुभएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : १२ बजे