‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौं – वौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै प्रलोभनमा पारी नगद ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका-३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका-८ मृगस्थली दाङ शान्तिनगर गाउँपालिका-४ घर भएका ६५ वर्षीय छन्त्याल भन्ने पूर्ण बहादुर मगर रहेका छन् ।

उनीहरुले २ जना पीडितलाई ४ करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेकोमा पैसा नपुगेकोले पुस्तक विश्वासका लागि बन्धकी स्वरुप राखी केही रकम दिनुहोस भनी विश्वासमा पारी पीडितसँग नगद १५ लाख ५ हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ठगी कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ०६ बजे