साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । चीनले नेपाललाई अनुदानमा थप  १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको थप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।  

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसको थियो । अर्थ मन्त्रालयद्वारा प्रेषित विवरणमा चीनले दिने भनेको थप खोप चाँडै आउने जनाइएको छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गर्नुभएको थियो ।  

मेटमा राजदुत यान्छीसँगै अर्थमन्त्री शर्माले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने बताउनुभएको थियो । 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ४२ बजे