दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमालेको केन्द्रीय कार्यालयमा खीर खुवाउने कार्यक्रम

काठमाडौँ – ​​​​​​​आज साउन १५ गते खीर खाने दिनको अवसरमा  नेकपा एमालेको केन्द्रीय कार्यालयले खीर खुवाउने भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पार्टीको थापाथली स्थित केन्द्रीय कार्यालयमा खीर खुवाउने कार्यक्रम रहेको जानकारी दिनुभएको हो ।

नेपालका किसानहरूले साउन १५ गते दही चिउरा खाएर रोपाई गर्ने र रोपाई सकिएपछि खीर खाने चलन रहेको कारण यस वर्ष पनि  कार्यक्रम आयोजना गरेको सचिव तामाङले बताउनु भयो  ।

आज शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालयमा आउन सबैलाई निम्ता पठाइएको तामाङले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : २५ बजे