दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

काँग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ । पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा छलफल केन्द्रीत रहने जनाइएको छ । बैठक दिउँसो २ बजेबाट जारी रहेको काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेस नेता रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो । आजको बैठकमा समितिले पुनः प्रतिवेदन बुझाउने जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ४ : २६ बजे