दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सांसद पुनर्बहालीको माग गर्दै दायर मुद्दा‘हेर्न नभ्याइने’मा

काठमाडौँ । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग राख्दै दायर गर्नुभएको मुद्दा हेर्न नभ्याइने भएको छ । आज चारवटै रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा तोकिएको थियो ।

पूर्वमन्त्रीहरु लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी केन्द्रले गरेको कार्वाही अवैध भएको भन्दै एमाले र माओवादी गठबन्धनबाट आफु सांसदमा निर्वाचित भएको  भन्दै  पद पुनर्बहाली माग गर्दै सर्वोच्चमा बुधबार रिट दायर गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर दायर गरीर्एको मुद्दा सर्वोच्वले आज हेर्न नभ्याइनेमा राखेको हो । 

माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएको  थियो ।माओावादी केन्द्रले हालस्म्म पनि निर्वाचन आयोगमा उहाँहरुको नाम दलकै नेताको रुपमा कायम राखिरहेको छ । आयोगमा आफ्नो नाम माओवादीमै राखिएको बताउँदै सांसदहरुले कार्वाही अवैध भएको भन्दै रिट दायर गर्नुभएको हो । 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ४ : २१ बजे