‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनकुटा – सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रीबास नगरपालिका-३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई धन बहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : ४० बजे