दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पुनर्बहाली माग गरेका चार नेताको रिटमाथि कार्कीको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि कार्कीको इजलासमा पेसी तोकिएको छ ।

चारैजनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए। 
फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनीहरूलाई मन्त्री बनेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : ३८ बजे