दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

काठमाडौं महानगरपालिकामा आजदेखि भेरोसेल खोप लगाइँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोना विरूद्धको  खोप लगाउने भएको छ ।

महानगरपालिकाभित्र कोरोना विरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि पुनः भेरोसेलको खोप लगाउन लागिएको हो ।

महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरका अनुसार आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरपालिकाले अनुरोध गरेको छ । 

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ८ : ५२ बजे