काठमाडौँ – नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।
एमाले केन्द्रीय कार्यालय, थापाथलीमा आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको जनाइएको छ ।
रासस
प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार ९ : ५३ बजे
प्रतिक्रिया