दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाबाट पदमुक्त भएका कृष्णबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले थापालाई सुनुवाईको मौका प्रदान गरी,दल त्यागसम्बन्धी कानूनी प्रावधानका आधारमा हटाएको देखिएको जनाएको छ। राष्ट्रिय जनमोर्चाले दलको निर्णय नमानेको भन्दै थापालाई निष्काशन गरेको थियो।
 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : १० बजे