दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मन्त्रीका  आसेपासेलाई मन्त्रालयमै बोलाएर खोप

धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा मन्त्रीका आसेपासेलाई कोरोनाविरुद्ध खोप लगाइएको छ।

 भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा खोप केन्द्र स्थापना गरिए पनि मन्त्री र कर्मचारी निकटका व्यक्तिलाई मन्त्रालयमै खोप लगाएको हो। 

आज ९बुधबार० देखि मन्त्रालयको हलमा ५५ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई धमाधम खोप लगाइएको हो। मन्त्रालयमा खोप लागाइरहेको खबर थाहा पाएर समाचार संकलनका लागि पत्रकार पुगेपछि भने खोप लगाउन खटिएका स्वास्थ्यकर्मी र खोप लगाउन पुगेका मन्त्री र कर्मचारी भागेका थिए । 

यता आफ्नै कार्यकक्षमा रहेका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले आफु्लाई आफ्नै मन्त्रालयमा भइरहेको कामको बारेमा थाहा नभएको बताए । 

सरकारले यो पटक ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अतिअत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरे पनि मन्त्रीले आफ्ना मान्छेलाई मन्त्रालय भित्रै राखेर खोप लगाउन लगाएका हुन् ।  

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ०१ बजे