दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही बेरअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे कसरी निकास दिने भन्नेबारे छलफल हुने स्रोतको भनाइ छ । संस्थापन पक्षले नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा राजनीतिक निर्णयका आधारमा सहमति खोज्नुपर्ने तर्क गर्दै आएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसहित संस्थापन इतर पक्षले विवादित क्षेत्रको हकमा १३ औं महाधिवेशनकै आधारमा क्रियाशील सदस्य कायम राखेर महाधिवेशनमा जानुपर्ने तर्क राखेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा. प्रकाशशरण महत र सुनिलबहादुर थापा, कोषाध्यक्ष सीतादेवी यादव, गृहमन्त्री तथा प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, डा.रामशरण महत, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ लगायतको उपस्थिति छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : ५८ बजे