दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

गुल्मीमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात घाईते

काठमाडौं । गुल्मीको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार मध्याह्न मुसीकोट नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५६५ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी उपरीक्षक गोपाल चन्द भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको समेत उहाँले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : १० बजे