दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सिन्धुलीगढीको ऐतिहासिक महत्वलाई विश्वसामु चिनाउन भइरहेको प्रयास महत्वपूर्ण छ : राष्ट्रपति भण्डारी 

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीको ऐतिहासिक महत्वलाई विश्वसामु चिनाउन भइरहेको प्रयास महत्वपूर्ण भएको बताउनु भएको छ । 
सिन्धुलीको कमलामाई  नगरपालिकामा अवस्थित देशकै पहिलो सिन्धुलीगढी युद्घ संग्रालयको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले हाम्रा वीरपुर्खाले देशको रक्षाको लागि खेलेको भूमिका भावी पुस्तालाई हस्तान्तरण गर्दै त्यस ऐतिहासिक परिवेशबाट समग्र राष्ट्रलाई अभिप्रेरित गर्न संग्राहलयले अभिपे्ररित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति भण्डारीले हाम्रा असल एवं बहादुर पुर्खाको सहास र बलिदानले जोगाएको हाम्रो मुलुकलाई विकास र संम्वृद्घिको मार्गमा शिघ्ररुपमा अघि बढाउनु पर्ने दायित्व बर्तमान पुस्ताको काँधमा आएको उल्लेख गर्नुभयो । उहाँले आम जनतालाई सुखी र र खुसी पार्न सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्ने र समयले दिएको अभिभारा पुरा गर्न सबै राजनीतिक दल निर्वाचित जनप्रतिनीधि र राष्ट्रिय नेतृत्वका बीचमा आपसी सहकार्य र मेलमिलाप आवश्यक रहेको बताउनुभयो । 

उहाँले देशका विभिन्न स्थानमा संग्राहलय पुस्ताकलय र बृतचित्र निर्माणमा राज्यको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रपती भण्डारीले सिन्धुलीगढी सग्रालय निर्माणमा सहयोग पुर्याउनु हुने महानुभावलाई कदर पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुरकार्कीले सरकारले सुरु गरेको एकिकरण कार्यक्रम अन्तर्गत युद्घ संग्रालय निर्माण महत्वपूर्ण प्रयास भएको बताउनुभयो । मन्त्री कार्कीले इतिहासको प्रवद्घन र संरक्षण कार्यक्रममा सरकारले सधै सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रधान सेनापती पूर्णचन्द्र थापाले संग्रालय निर्माण नागरिक र सैनिक सम्बन्धको उदाहरण रहेको बताउनुभयो । प्रधानसेनापती थापाले सिन्धुली गढी युद्घ संग्रालय  कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्नुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ५९ बजे