साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ओलम्पिकमा गौरीका सिंहले आज प्रतिस्पर्धा गर्ने

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्ने भएकी छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् । यस अघि टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ३२ बजे