दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, मन्त्रालय भागबण्डाको तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमालेको माधव नेपाल पक्षबाट पोलिटव्युरो सदस्य डा. विजय पौडेल सहभागी छन् ।

गठबन्धनको बैठकमा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । प्रधानमन्त्री देउवाको क्याविनेटमा अहिले नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र नेपाली काँग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ४९ बजे