दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्धारा गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुखमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को आजको बैठकले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको थियो ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ५८ बजे