‘एउटै नाउरको सिकार गर्न २३ लाख’

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेका महरालाई उच्चअदालतबाट सफाई

काठमाडौं । संसद सचवालयकी एक कर्मचारीलाई बलत्कार गरेको अभियोग लागेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरालाई उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।
न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हो ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो । त्यसलगत्तै सरकारी वकिलबाट पुनरावेदन भएपछि आज उच्च अदालत पाटनबाट पनि सफाइ पाएका हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ३१ बजे