दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

 गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थाले : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सेरबहादुर देउवा प्रधानमन्त्री बने लगत्तै भष्टाचारको मुद्दा खेपिरहेका काग्रेंस उपसभापती विजयकुमार गच्छदार छुटेको भन्दै अब अफताब आलमहरू पनि छुट्नसक्ने बताउनसक्ने बताउनुभएको छ ।

उहाँले  गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाउनुभयो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले भन्नुभयो, ‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन् । भोलि कतै १२ जना मजदुरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन्  सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन रु जनता चिन्तित छन् ।’ 

सांसद गिरीले शेरबहादुर देउवा नेतृत्वको सरकार प्रतिशोधको भावनाले अघि बढ्ने संकेत देखिएको भन्दै वृद्धभत्ता समेत कटाउने चिन्ता गाउँ(गाउँमा जेष्ठ नागरिकहरूले गर्न थालेको बताउनुभयो ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ५१ बजे