‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बलात्कार प्रयासपछि फरार  कांग्रेसका वडा सदस्य  पक्राउ

डोल्पा । प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङकी २६ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्यलाईए पक्राउ गरेको छ ।  सोही वडाका वडा सदस्य ५३ वर्षीय वीरबहादुर बमलाई प्रहरीले बलात्कार प्रयासको आरोपमा  ०७८ साउन ११ गते पक्राउ गरेको छ।  

फुल्चिङस्थित महिलाकै घरमा ०७८ असार २५ गते वडा सदस्य बमले बलात्कार प्रयास गरेका थिए । घटनापछि  फरार रहेका वडा सदस्य बमलाई पीडितले ०७८ साउन ४ गते दिएको उजुरीको आरोपमा साउन ११ गते त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँमा आफन्तकहाँ लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले पीडित महिलाको जिल्लास्थित अस्पतालमा स्वास्थ्य परीक्षण गराएर पीडकमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : १५ बजे