दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मन्त्रिपरिषद बिस्तारबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताईएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको बताउनुभयो । सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि एकजना राज्यमन्त्री थप्नुभएको छ । मन्त्रिपरिषद बिस्तारका लागि प्रचण्डले गठबन्धनका अन्य नेतासँग पनि छलफल गर्नुभएको छ । गठबन्धनभित्र मन्त्री बन्ने आकांक्षी बढदै गएपछि प्रचण्डलाई तनाब बढेको उहाँले बताउँदै आउनुभएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : ५० बजे