साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

मन्त्री छान्न सकस भो ! 

 

मन्त्री छान्न सकस भो   !
​​​​​​​सबका सब 
पूराका पूरा  माननीयले  मन्त्री बनाई मागे 
मन्त्री पद नपाउनेले मलाई गाली र श्राप दागे 

भागमा परेको मन्त्रालय थोरै छ 
आकाँक्षीको संख्या धेरै छ 
पार्टीमा पनि माननीय कम छन् धेरै छन् नवाव
दिनहुँ भोगिहेको छु  मात्र सकस र तनाव
सबैको चाहना पूरा हुन्न यो कुरा खोइ कसरी म मानुँ ?
भन्नोस् तपाईंहरूनै बाँकी मन्त्री अब म कसरी छानुँ ?

सुप्रीमो !  तपाईंलाई एउटा अनुरोध छ 
यो बाँकी महिना जसरी पनि तनाव झेल्नुस्
कसैलाई फकाउनुस्ः कसैलाई पेल्नुस्
अर्को चुनाव पछि यो किसिमको तनाव नै हुन्न 
किन कि  हाम्रो पार्टी अहिलेको जस्तो  ४९ सिटे नै हुन्न ! 
क्रान्तिकारी पार्टीको क्रान्ति अनुरूपको सीट  
मन्त्रीको छनौट सिफारिसमा गुट अनुरूपका चीट

मन्त्री माग्नेले एक पाटो मात्र बुझे 
उनिहरू सबैले आफूलाई इमानदार माने 
त्यतिमात्र कहाँ हो र ? असल कार्यकर्ता पनि ठाने 
तर मन्त्री हुने योग्यता त्यति मात्र कहाँ हो र ? 
माननीय कमरेडहरू
मन्त्री हुन त कार्यकर्ताको साथै 
मेरो कुल कुटुम्बको सदस्य पनि हुनुपर्छ 
सँधैभरि मेरो कुरा विमति नराखी सुन्नुपर्छ 

मसँग विमति राख्ने त 
कि डाक्टर हुन्छ  कि वैद्य हुन्छ
कि विप्लव हुन्छ कि किराँती हुन्छ 
मेरो स्तुति गाउनेको मात्र 
म सँग राजनीतिक पिरती हुन्छ 

सुप्रीमो कमरेडलाई पीरै पीर छ 
गठबन्धनमा पनि  टुटफुट आउनै लाग्यो
त्यसको छेउमा ठूलै भीर छ 
उहाँको कुरा सुन्दा यस्तो लाग्छ 
मानौं गठबन्धन स्वार्थको गठजोड नै होइन 
त्यो त पाटी भन्दा ठूलो हो 
पहिले गठबन्धन बाध्यता भए पनि 
अहिले गठबन्धन रहर हो 
माधव नेपाल मात्र उहाँको लागि 
सत्ताको जहाज चलाउन मिल्ने श्वयज नहर हो ! 

विगतमा 
लम्पसार परि परि  मोहोर दाम चढाउनेले 
फेरि घुमाउरो पाराले 
राजा महाराज प्रति असीम भक्तिभाव जताएछन्
सुदृढ पार्टी निर्माणका लागि गरिएको आह्वानलाई 
राजा महाराजकै शैलीमा फर्मान जारी गर्ने ?
भन्दै घुर्की लाएछन्
ओलीलाई यस्तो भने भन्दै 
दर्खास्तवालाले फेरि  फुर्ती लाएछन्

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : १८ बजे