दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अखिल नेपाल महिला संघको अध्यक्षमा थममाया थापा चयन

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन हुनु भएको छ ।

अनेमसंघको हिजो सम्पन्न सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।

यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघले जनाएको छ ।। अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : ५६ बजे