दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रहरीको दलबलसहित निर्वाचन आयोग पुगेका सांसद चौधरीले कसैको पक्षमा हस्ताक्षर गरेनन्

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बस्नु भएको छ । निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाए पछि आयोग पुग्नुभएका उहाँ तटस्थ  बस्नुभएको हो । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छलफल पछि उहाँले दुवै पक्षमा हस्ताक्षर नगरी तटस्थ बस्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले आज सोमबार गरेको सो पार्टीको कार्यकारणी समिति सदस्यहरुको ‘हेड काउन्ट’का लागि सांसद चौधरी डिल्लीबजार कारागारबाट दिउँसो आयोग पुग्नुभएको थियो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार पार्टीको आधिकारिकतबारे आयोगले आजै निर्णय सार्वजनिक गर्नेछ ।

आफू जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य भएको र दुवै पक्षका अध्यक्ष आफ्नोलागि समान भएकाले कुनै पक्षमा हस्ताक्षर गर्न नसकेको सदस्य चौधरीले सञ्चारमाध्यमलाई जानकारी गराउनुभयो । कुनै एउटा पक्षमा लाग्नुभन्दा आफू जसपाको पक्षमा लागेको उहाँको भनाई छ । टीकापुर घटनाको मुद्दा सम्बोधनका बारेमा उहाँले दुवै अध्यक्षसँग आयोगमा छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । निलम्बित सांसद चौधरी आयोगबाट डिल्लीबजार कारागार फिर्ता भइसक्नुभएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ५८ बजे