दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जसपाको आधिकारिकता टुङ्ग्याउँदै, उपेन्द्र यादवको पक्षमा ३४ सदस्यले सनाखत गरे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग  पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् ।

यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । उनले रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको जानकारी गराए । केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो । उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका बहुमत सदस्य भएको दाबी गरिएकाले सोही पक्षले आधिकारिकता पाउने अनुमान गरिएको छ । 

जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ ।

यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ३४ बजे