दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नारदमुनिद्वारा संसद् सचिवालयसँग अडियो माग : ‘मलाई बाहिर जा भन्ने माधव को हुन् ?’

काठमाडौं– नेकपा एमाले सांसद नारदमुनि रानाले संसद् सचिवालयसँग अडियो रेकर्डिङ माग गर्नुभएको छ । उहाँलाई एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा हप्काउँदै राजीनामा दिएर निस्किन निर्देशन दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा निम्त्याइएका रानासँग वरिष्ठ नेता नेपाल आक्रोशित हुनुभएको थियो । संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन आग्रह गर्नुभएको छ । ‘माधव नेपाल को हुन् मलाई बैठकबाट बाहिर जा भन्ने ? संसदीय समितिमा माधव नेपाल र म बराबर हैसियतमा छौँ,’ उहाँले भन्नुभयो ।

माधवको अपमानपछि समितिमा माधव र नारदबीच केहीबेर भनाभन समेत भएको थियो । नेपालले रानालाई प्रतिगमनको मतियार भएर नबस्न भन्दै कानुन विपरित राजीनामा माग्नुभएको थियो । ‘प्रतिगमनको मतियार बन्ने ? राजीनामा दिनुस् निस्कनुस्,’ नेता नेपालले रानालाई भन्नुभएको थियो ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ५४ बजे