दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सर्वोच्चद्घारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

काठमाडौँ ।  जनता समाजवादी पार्टीको विवादलाई लिएर निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन उचित नभएको आदेश सुनाएको हो । उक्त विषयमा छलफल गर्नका लागि सर्वोच्चले साउन १५ गते विवादका दुवै पक्षलाई बोलाएको छ ।निर्वाचन आयोगले जसपाको विवाद निरुपण गर्नका लागि अध्यक्ष उपेन्द्र यादव र ठाकुर पक्षलाई साउन ११ गते निर्वाचन आयोगमा सनाखतका लागि बोलाउने निर्णय गरेको थियो । तर, ठाकुरले भने उक्त सनाखत रोकिपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका गर्नुभएको थियो । 

निर्वाचन आयोगले कार्यकारीणी सदस्यलाई  नागरिकता सहित बोलाएपछि उपेन्द्र यादव पक्ष भने आफु पक्षीय र ठाकुर पक्षबाट तानेका सदस्य लिएर ललितपुरको रिर्सोटमा बसिरहेका छन् । रातारात आफु पक्षमा लागेका सदस्यहरु उता तानिने डरले उनले कार्यकारीणी सदस्यलाई रिर्सोटमा राखेका हुन् । 

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : १३ बजे