आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जोरीपारीलाई हँसाएर बिरोधीसँग मिलेर कम्युनिष्ट पार्टी ध्वस्त पार्ने अभियानमा माधव नेपाल लागेकै हुन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचित अध्यक्षलाई महाधिवेशन नगरि बीचबाट नै अरुदल सित मिलेर हटाउने तानाबाना बनाउनु अपराध भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले,–‘केपी ओलीलाई अगाडि राखेर अबको प्रधानमन्त्री केपी ओली भनेर जनताबाट भोट माग्ने, अनि जोरीपारीलाइ हँसाएर बिरोधीसँग मिलेर कम्युनिष्ट पार्टी ध्यव्स्त पार्ने अभियानमा माधव नेपाल लागेका छन् ।’ प्रचण्डसँग मिलेर माधव नेपालले जुन ढंगले हमला गर्नुभयो यहाँ भन्दा ठूलो अपराध अरु कुनै हुन नसक्ने उहाँको आरोप थियो । १५ बर्षसम्म पार्टीको फष्ट मेन भएर काम गर्नुभएका माधव नेपाल त्यस भन्दा अगाडि पनि पार्टीमा उहाँकै बोलवाल चलेको तर केपी ओलीबाट त्यसबेला कहिल्यै अवरोध नभएको उहाँको तर्क थियो । उहाँले भन्नुभयो,–‘अहिले एउटा टर्ममा केपी ओली पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएको छ, तर अध्यक्षलाई सहन नसक्ने यो कस्तो खालको चरित्र यो ।’  यतिबेला संगठनात्मक अराजकताको अगुवा गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’, र कुण्ठा इष्या बोकेर हिडने मावध नेपालको गठबन्धनले यो अवस्था आएको उहाँले बताउनुभयो ।

उहाँले एमाले भित्र घटेको घटनालाई पहिलो घटनाका रुपमा नलिन आग्रह गर्नुभयो । हामीले अधिकतम लचकता अपनाएर पार्टी एकता होस भनेर नै कोशिस गरेको हो, यो सधैभरि यस्तो रहदैन उहाँले भन्नुभयो । 
 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : ५२ बजे