आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

माधव नेपालप्रति ओलीको कटाक्ष,  आफु पार्टी ध्वस्त पार्ने सबै हतकण्डा अपनाउने, गल्ती भयो भन्न नसक्ने, पार्टीले क्षमा दियो भन्दा खिल्ली उडाउने ? 

काठमाडौं । निर्वतमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आफुले सकेको पहल गरेपनि माधव नेपालले विपक्षीसँग साँठगाँठ गरेर सरकार ढालेको आरोप लगाउनुभएको छ । अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीको जवाफ दिदैं भन्नुभयो, ‘ अस्ति मैले भने जे गल्ति भयो भयो, अब पार्टीमा फर्किनुस । गल्ती महसुश गरेर पार्टीमा फर्किने सबैलाई गल्ती अपराध कर्म माफि दिन्छु तर एकजनाले भने महाराज खुसी भए हरे, माफी दिन्छन रे खिल्ली उडाए । उनी अपराध गर्न सक्ने, पार्टीसँग गल्ती भयो भन्न नसक्ने, पार्टीले क्षमा दियो भन्दा माफी भनेर उनी पार्टीका अनुसाशन, कारबाही, माफी, क्षमा जस्ता कुराबाट माथीका हुन ? अध्यक्ष ओलीले माधव नेपाल पार्टीको अनुशासन भन्दा बाहिर गएर प्रतिक्रियावादीको पुच्छर बन्दै विपक्षीहरुसँग मिलेर साँठगाठ गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, यति बेसरम भएर सरकार ढालेर हिजोमात्रै पनि बालुवाटारमा हेरयौं, हामीसँग यो चाहियो त्यो चाहियो पनि भन्दै गर्ने अनि विपक्षी नेतासँग गजक्क परेर बस्न लाज पनि नहुने ।’

अहिलेको गठबन्धन सरकार विचार र सिद्धान्तमा नमिले पनि सबै खानका लागि कृतिम ढंगले प्रतिकृयावादी डिजाइनमा मिलेको भन्दै उहाँले, हाम्रै पार्टी फुटाएर, हाम्रै साथीहरूको अगुवाइमा प्रतिगमनको आयोजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, माओवादीको कुरा छोडौं उनीहरूको टुप्पी अर्कैको हातमा छ , आफूलाई एमाले भन्ने, पार्टी फुटाउने अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउन खोज्ने र पार्टीलाई नै बहुमत पुग्न नदिने ब्यक्तिहरुको संलग्नतामा गम्भीर षडयन्त्र भएको छ ।’

एमालेभित्रकै केही व्यक्तिगत स्वार्थ बोकेकाहरूकै कारण अहिलेको अवस्था आएको उहाँको भनाइ थियो । यसले नेपाली राजनीतिमा पछिसम्म असर पर्ने भन्दै ओलीले संविधानको अपव्याख्या भएर परमादेशमार्फत प्रधानमन्त्री नियुक्त हुनुमा अन्तर्राष्ट्रिय शक्तिको पनि हात रहेको  बताउनुभयो । ‘पार्टीभित्रकै केही व्यक्तिको व्यक्तिगत स्वार्थ, ईर्श्यालुपन र पदलोलुपताका कारण पार्टीमा समस्या उत्पन्न भएको र उनीहरूले खेल्ने मौका पाएका उहाँले भन्नुभयो , माधव नेपाललाई हरियो सर्पको संज्ञा दिँदै ओलीले भन्नुभयो, ‘घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यडन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौं ।’ अहिलेको अवस्थावाट नआत्तिन र विचलित नहुन कार्यकर्ता पंक्तिमा आग्रह गर्दै उहाँले केहीबेर सूर्य छेकिएको छ, हतोत्साही नहुनुस् । एमालेको सूर्य कमजोर हुँदैन यसले आफ्नो सही विचार र मार्ग परित्याग गर्दैन ।’

उहाँले भन्नुभयो, राजनीतिलाई संसदबाट अन्यतत्र लान खोजिदैछ, यी कुराहरु नै देखेर मैले जनतामा जाने निर्णय गरेको थिए ।’ अध्यक्ष ओलीले आफनो नेतृत्वको सरकारले गरेका राम्रा कामबाट त्रसित विपक्षीहरु चुनावमा जान तयार नभएको बताउनुभयो ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : ०८ बजे