‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यातायात व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ‘चाबी’

काठमाडौं । आफ्ना माग पुरा नगरेको भन्दै यातायात व्यवसायी ले प्रधानमन्त्री सेरबहादुर देउवालाई गाडीको चाबी बुझाएको छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

विभिन्न ७ बुँदे माग राख्दै आएका व्यवसायीहरुले ती माग पूरा नगरे यातायात सञ्चालन नै बन्द गरिदिने बताएका छन् । चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन  लगायतका माग गरिएको छ ।

व्इवसायीहरुले कोरोनाको कारण भएको बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने माग राखेका छन् । 
 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १ : ३४ बजे