‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सम्बन्धविच्छेदका मुद्दा बढे

रसुवा – न्यायका लागि दायर भएका अधिकांश मुद्दामध्ये पछिल्लो समय सम्बन्धविच्छेद बढ्न थालेको छ । चालु अर्थिक वर्षमा दायर भएका ४१ मध्ये ३६ मुद्दा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदसम्बन्धी रहेको रसुवा जिल्ला अदालतले जनाएको छ ।

अदालका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्षबाट सरी आएका ३० एवं चालु आवमा पर्न आएको ४१ समेत ७१ मुद्दा विचाराधीन रहेका थिए । विचाराधीन फौजदारीमा ३२ एवं देवानी ३९ वटा मुद्दामध्ये केही फैसला भइसकेका र केही प्रक्रियागतरूपमा रहेका छन् । 

यस्तै अदालतको कार्य छिटोछरितो सम्पादन गर्न वैतनिक अधिवक्ता, बालमनोविज्ञ, मेलमिलापकर्ताको व्यवस्थापन एवं बाल इजलाससमेत स्थापना गरिएको छ । जिल्ला अदालतमार्फत गाउँ–गाउँमा पिरमर्का बुझ्ने र न्यायसम्बन्धी जनचेतनाको जागरण, न्यायिक संवाद कार्यक्रमअन्तर्गत गाउँटोलमा न्यायाधीशसँग भेटघाट कुराकानीसमेतका कार्यक्रम अगाडि बढिरहेको स्रेस्तेदार ढकालले बताउनुभयो । जिल्ला न्यायाधीशले गाउँटोलमा जनतासँग भेटघाट गर्दा न्यायसम्बन्धी गुनासो गर्न पाइने तर अदालतले गरेका काम कारवाहीका बारेमा टीकाटिप्पणी भने गर्न नपाइने बताइएको छ ।
 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ५१ बजे