देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आयो ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ । 

कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विद्वान्हरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको सो कृति प्रकाशन भएको हो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा .जगत्प्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरण रहेको अवस्थामा नेपाली भाषाका सीपको शिक्षण गर्न अति उपयोगी हुने किसिमले लेखिएको यो हालसम्मकै नवीन व्याकरण भएको बताउनुभयो । 

डिमाइ आकारको ३५२ पृष्ठको पुस्तकको मूल्य ३१५ रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ६ : २६ बजे