दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भोलीदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात चल्ने

काठमाडौं । भोलिदेखि  मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएका छन्  । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै शनिबारदेखि लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

प्रशासन कार्यालयले लामो दूरीमा यात्रा गर्ने ायत्रुलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर मात्र यात्रा गर्न  भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

काठमाडौंको निषेधाज्ञाभने  साउन १० गते मध्यरातसम्म कायमै छ । 
 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : १२ बजे