यस्तो छ आजको विनिमय दर

 सपथग्रहण गर्न हिडेका दोबाटेको नाम अन्तिम अवस्थामा चट्

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रीको सपथ लिन हिडेका कांग्रेस सांसद दोबाटे विकको नाम अन्तिम अवस्थामा काटिएको छ ।  

उद्योगपति सांसदको धम्की र पार्टीमा गुटको दबाब कारण गण्डकी प्रदेशको मन्त्रीमा छानिएका कांग्रेस सांसद दोबाटे विकको नाम सपथग्रहणका लागि जाँदा–जाँदै  काटिएको हो । 

गण्डकी प्रदेशको मन्त्रीमण्डाल विस्तार गरी कांग्रेसले आज तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो । छानिएका तीन मन्त्रीमध्ये मणिभद्र शर्मा र मेखलाल श्रेष्ठले सपथ लिँदैछन् । तर, दोबाटे विकको नाम भने अन्तिम समयमा काटिएको छ । मणिभद्र पर्यटन र मेखलाल सामाजिक विकासमन्त्री नियुक्त गरिएको बताइएको छ ।

शेरबहादुर देउवा पक्षीय कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई कानूनमन्त्री बनाउन माथिबाट दबाब परेपछि रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका उनी निकट दोबाटे विकको नाम काटिएको बताइन्छ । 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ४३ बजे