यस्तो छ आजको विनिमय दर

सरकार सञ्चालनमा सहजीकरण गर्न सत्तारुढ गठबन्धनले ६ सदस्यीय कार्यदल गठन ग¥यो, माधव समूह पछि सहभागि हुने

काठमाडौं– सरकार सञ्चालनमा सहजीकरण गर्न सत्तारुढ गठबन्धनले ६ सदस्यीय कार्यदल गठन गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाइएको हो । कार्यदलमा कांग्रेसबाट खड्कासहित मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) बाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहनुभएको छ ।

सरकारलाई समर्थन गरेको एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा भने कार्यदलमा सहभागी भएको छैन । एमाले पार्टीभित्रको विवादका कारण हाललाई माधव समुह नसमेटिएको स्रोतले भनेको छ । माधव समुह सरकारमा आउने टुंगो भएपछि समेटिने बुझिएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ०० बजे