यस्तो छ आजको विनिमय दर

एमाले बैठक सम्पन्न : अध्यक्ष ओलीले  पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्ने  

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि आम माफी दिएर भने पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ । 

बैठकले एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले  नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको बताउनुभयो । 

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : ०२ बजे