यस्तो छ आजको विनिमय दर

स्पष्टीकरणको जवाफ दिने तयारीमा एमालेका २२ सांसद

काठमाडौँ । नेकपा एमाले पार्टी विरोधी गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधका २२ सांसदले  स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले  २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । सोहीअनुसार  बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो ।

स्पष्टीकरण मागिएका सांसदमा नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार ९किसान० श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् । 

स्पष्टीकरण मागिएका सांसद विरोध खतिवडाले बिहीबार संसदीय दलको कार्यालयमा पुगेर स्पष्टीकरणको जवाफ दिने बताउनुभयो ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  २ : ५५ बजे