दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयको परिपत्र 

काठमाडौँ । मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयले  सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।

“त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत रामबहादुर केसीद्वारा पठाइएको परिपत्रमा उल्लेख गरिएको छ । 

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : ३८ बजे